बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

इजरायलले बेरुतमा गरेको आक्रमणमा तीन जनाको मृत्यु

मङ्गलबार, १९ चैत २०८१, १२ : ५७
मङ्गलबार, १९ चैत २०८१

बेरुत । इजरायली सेनाले मंगलबार बिहान बेरुतको दक्षिणी उपनगरमा रहेको एक भवनलाई निशाना बनाएर गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । आक्रमणबाट भवनको माथिल्लो तीन तला क्षतिग्रस्त भएको थियो । आतङ्कवादी समूह हेजबुल्लाहका एक अधिकारीलाई लक्षित गरी आक्रमण गरेको दाबी इजरायली सेनाले गरेको छ । 

मर्ने को को हुन् भनेर हेजबुल्लाहले अहिलसम्म केही भनेको छैन । यो आक्रमणको लेबनानी राष्ट्रपति जोसेफ आउनले निन्दा गरेका छन् । इजरायली सेनाले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो आक्रमण हेजबुल्लाहका एक सदस्यलाई लक्षित गरी गरिएको थियो । उनी गाजा पट्टीमा प्यालेस्टिनी हमास समूहलाई इजरायल विरुद्धको आक्रमणमा सहयोग गरिरहेका थिए ।  

सेनाले इजरायलको घरेलु गुप्तचर निकाय शिन बेटको निर्देशनपछि आक्रमण गरिएको बताएको छ । यसअघि, इजरायलले गत शुक्रबार लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको थियो, जुन नोभेम्बरमा इजरायली सेना र हेजबुल्लाहबीच युद्धविराम भएपछि पहिलो पटक थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप