बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

सात जिल्लामा आगलागी, लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट

मङ्गलबार, १९ चैत २०८१, १२ : ४५
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका आगलागीमा परेर लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

  • रौतहट, गरूडा नगरपालिका-५ स्थित ठाकुर ग्रिल उद्योगमा विद्युत् सर्ट भई सोमबार राति आगलागी हुँदा टायर, वेल्डिङ्ग मेसिन, मोबाइल लगायतका सरसामान जलेर करिब १० लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • महोत्तरी, बर्दिबास नगरपालिका-२ सरकारी अस्पताल बर्दिबास नजिकै सरोज अधिकारीको नर्सरीमा सोमबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको टाटा प्रोजेक्ट लिमिटेडको स्टोर गरी राखेको विद्युतीय ट्रान्सफर्मरमा प्रयोग हुने ५ वटा मेशिन आशिंक रूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । 
  • अर्घाखाँची, भूमिकास्थान नगरपालिका-७ पानडाँडा सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने लोक बहादुर थापाको घर र गोठ, रेल बहादुर थापा मगरको गोठ, तिलक बहादुर रायमाझीको गोठ र शौचालयमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । 
  • कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ ठुलोसिसनियास्थित महिबुदीन मुसलमान समेत १३ जनाको करिब ७ बिगाह खेतमा लगाएको गँहुमा सोमबार दिउँसो आगलागी हुँदा करिब ८ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको छ । 
  • नुवाकोट, तारकेश्वर गाउँपालिका-४ नेवारपानी डोरपाखास्थित सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने सलिना श्रेष्ठको गोठमा समेत आगलागी हुँदा करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
  • मोरङ, कानेपोखरी गाउँपालिका-६ शिवालय टोल बस्ने प्रेम कुमार मगरको ग्वालीमा विद्युत् सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
  • यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१ फुटलब चोकस्थित पप्पु पंडितको न्यू एसके फर्निचर उद्योगमा गए राति आगलागी हुदाँ करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
  • पर्सा, बिन्दबासिनी गाउँपालिका-२ बहुअर्वास्थित वीरगंज महानगरपालिका-१९ केहुनिया बस्ने बरियारको पान घुम्ती पसलमा गए राति आगलागी हुदाँ करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप