क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो

क्वालालम्पुर । मलेसियामा मंगलबार एउटा भयानक दुर्घटना भएको छ । क्वालालम्पुर बाहिर एक उपनगरमा भीषण आगलागी भएको हो । आगलागीको कारण ग्यास पाइपलाइन विस्फोट बताइएको छ । यसपछि मानिसहरू आत्तिएर यताउता भाग्न थाले । आगोका कारण वरपरका क्षेत्रका घरहरू खाली गर्नुपर्यो ।
मध्य सेलाङ्गोर राज्यको पुत्रा हाइट्समा रहेको ग्यास स्टेसन नजिकै लागेको आगो धेरै किलोमिटरसम्म देखिएको थियो । यस घटनामा ३३ जना घाइते भएको अधिकारीहरूले भनेका छन् । घाइतेमध्ये ६ जनालाई अस्पताल लगिएको छ । घरमा फसेका केही मानिसहरूको उद्धारकार्य जारी छ ।
सेलाङ्गोरबाट दर्जनौं अग्निनियन्त्रकहरूलाई घटनास्थलमा पठाइएको छ । विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइललाई उद्धृत गर्दै समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि घटनास्थलमा रहेका अग्निनियन्त्रकहरूले पाइपलाइन फुटेका कारण आगलागी भएको बताएका छन् ।
आगो र धुवाँको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बिहान ८ः१० बजे यसको एउटा ग्यास पाइपलाइनमा विस्फोट भएपछि आगलागी भएको राष्ट्रिय तेल कम्पनी पेट्रोनासले एक विज्ञप्तिमा भनेको छ ।
प्रभावित पाइपलाइनलाई अलग गरिएको छ । आगलागी स्थल नजिकै रहेका तीनवटा ग्यास स्टेसनहरू प्रभावित भएका छैनन् । तर सावधानीका रूपमा अस्थायी रूपमा बन्द गरिएको छ । घटनाबारे छानबिन चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी