बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मङ्गलबार, १९ चैत २०८१, १२ : ४१
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । डोटी, सिराहा र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

  • डोटी, दिपायल सिलगढी नगरपालिका-१ तिखास्थित सडकमा दिपायलबाट आदर्शतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४११८ नम्बरको बोलेरोबाट खसेर बोलेरोमा सवार सोही नगरपालिका-२ कुचेडा बस्ने ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको सोमबार साँझ मृत्यु भएको छ । बोलेरोबाट खसेर गम्भीर घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • सिराहा, धनगढीमाई नगरपालिका-११ स्थित सडकमा धनगढीबाट शान्तिपुरतर्फ जाँदै गरेको को.१ च ८६१२ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री हाल वतन नखुलेकी ४० वर्षीया वविता यादवको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको आरके मेडिसिटि अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • कैलाली, बर्दगोरिया गाउँपालिका-२ दोघरास्थित सडकमा से.४ प ३५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक लम्कीचुहा नगरपालिका-१० बस्ने  २४ वर्षीय अनिष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल प्रालि बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप