यौन उत्पीडनको आरोप लागेका पूर्व कोरियाली सांसद मृत भेटिए

सोल । दक्षिण कोरियामा एकपछि अर्को बबाल भइरहेको छ । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सांसदको शङ्कास्पद परिस्थितिमा मृत्यु भएको छ । पूर्व सांसद चाङ्ग जे–वोन सोलमा मृत फेला परेको प्रहरीले मंगलबार जनाएको छ ।
उनीमाथि २०१५ मा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । सोमबार राति राजधानीको पूर्वी भागमा रहेको एक स्टुडियोमा चाङ मृत फेला परेको सोल महानगरीय प्रहरी एजेन्सीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा एउटा नोट फेला पारेको छ । उनको मृत्युबारे अनुसन्धान जारी रहेको भन्दै प्रहरीले थप जानकारी दिएको छैन । चाङले लामो समयसम्म राजनीतिमा जमेर बसेका थिए । कन्जरभेटिभ दलबाट तीन कार्यकालसम्म उनी सांसद पनि भए ।
उनी महाभियोग लगाइएका राष्ट्रपति युन सुक येओलका प्रमुख सहयोगी पनि थिए । उनीमाथि २०१५ को नोभेम्बरमा होटलमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । त्यतिबेला उनी बुसानको एक विश्वविद्यालयमा उपाध्यक्ष थिए ।
चाङले गत महिना फेसबुक पोस्टमा आफूमाथिका आरोपहरू अस्वीकार गरेका थिए । उनले यसलाई एकतर्फी दाबी भनेका थिए । आफ्नो सम्मान जोगाउन कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि उनले जनाएका थिए । यसैबिच, महिलाका वकिल किम जे–र्युनले चाङको मृत्युको खबर आएपछि मंगलबार हुने भनिएको पत्रकार सम्मेलन रद्द गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?