बोल्सोनारोको कार्यकालमा ब्राजिलले गरेको थियो पाराग्वे सरकारको जासुसी ?

रियो डी जेनरियो । ब्राजिल सरकारले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व राष्ट्रपति जेर बोल्सोनारोको कार्यकालमा पाराग्वे सरकारको जासुसी गरेको स्वीकार गरेको छ । वर्तमान राष्ट्रपति लुला दा सिल्भाले सत्ता सम्हालेको केही समयपछि नै यो कार्य बन्द गरेको विज्ञप्तिमा भनिएको छ ।
एउटा समाचार वेबसाइटले ब्राजिलको लुला दा सिल्भा सरकारले पाराग्वेको जासुसी गरिरहेको दाबी गरेको थियो । यसपछि ब्राजिल सरकारले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएको थियो ।
‘राष्ट्रपति लूलाको प्रशासनले पाराग्वेको जासुसी आरोप अस्वीकार गरेको छ । पाराग्वे ब्राजिलको साथमा मरकोसर व्यापार समूहको हिस्सा हो । ऐतिहासिक रुपमा दुबै देशको नजिकको सम्बन्ध रहेको छ,’ आरोपमाथि ब्राजिलका विदेशमन्त्रीले भने । जासुसी पूर्व राष्ट्रपति जेर बोल्सोनारोका कार्याकालमा गराइएको र लूलाले यसको जानकारी पाउने बित्तिकै कार्याभार सम्हालेको तीन महिनामै यसलाई बन्द गरिएको पनि मन्त्रालयले भन्यो ।
आफ्नो प्रणालीमा ब्राजिलले घुसपैठ गरेको कुनै प्रमाण नभएको पाराग्वेका विदेशमन्त्रीले भनेका छन् । बोल्सोनारोले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् मिडिया रिपोर्टका अनुसार ब्राजिलको गुप्तचर निकायले पाराग्वेको कम्प्युटर प्रणाली ह्याक गरेर इटाइपु हाइड्रोलिक बाँध सम्बन्धी ट्यारिफ वार्तासँग सम्बन्धित जानकारी सङ्कलन गरेको थियो । यो संसारको सबैभन्दा ठुला बाँधहरू मध्ये एउटा हो ।
इटाइपु बाँधमा १४ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता छ र यस बाँधबाट उत्पादन हुने अधिकांश बिजुली ब्राजिलले पाराग्वे सरकारबाट किन्छ । हालैका वर्षहरूमा ब्राजिल र पाराग्वेबीच यस विषयमा तनाव बढेको छ । ब्राजिलको सर्वोच्च अदालतमा जेर बोल्सोनारो विरुद्ध अझै पनि पाँचवटा मुद्दा विचाराधीन छन् । यी मध्ये एउटा २०२२ को चुनावमा विद्रोहको षड्यन्त्र रच्नेसँग सम्बन्धित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली