बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
फोटोफिचर

सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु (तस्बिरहरू)

मङ्गलबार, १९ चैत २०८१, १२ : २०
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु भएको छ । तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य सुरु भएको हो । आउँदो शनिबार चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ रथ यात्राको लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।

केल टोलस्थित मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारा पाठशालामा ल्याइ पुर्‍याई रथमा विराजमान गराइ सके पछि रथयात्रा सुरु हुने गर्छ । 

जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका, तेस्रो दिन लगन सम्म पुर्‍याइन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

Setomachhindranath Rath (2)Setomachhindranath Rath (3)Setomachhindranath Rath (4)Setomachhindranath Rath (5)Setomachhindranath Rath (6)Setomachhindranath Rath (7)Setomachhindranath Rath (8)Setomachhindranath Rath (9)Setomachhindranath Rath (10)Setomachhindranath Rath (12)Setomachhindranath Rath (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप