बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

मकवानपुरबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल भेटियो

मङ्गलबार, १९ चैत २०८१, १२ : ०९
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जङ्गलबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल भेटिएको छ । कैलास गाउँपालिका–१ स्थित बोल्ने लेकको जङ्गलमा पेस्तोल भेटिएको मकवानपुरका एसपी विश्वराज खड्काले रातोपाटीलाई बताए ।

सोमबार दुम्सीखर्क जङ्गलमा अपरेशनमा गएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरू फरार भएका थिए । लागुऔषध कारोबारी पक्राउ गर्न इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका तामाङ र सहायक हवल्दार गोविन्द्र मग्रातीलाई लागुऔषध कारोबारीले कुटपिट समेत गरेका थिए ।

प्रहरीले बरामद गरेको २ केजी अफिम र मोटरसाइकल पछि ठुलो संख्यामा आएका कारोबारीले लुटेर लगेका थिए । लुटिएको टाइप–५४ पेस्तोल भेटिएको र लुटमा संलग्नहरुको खोजी भइरहेको एसपी खड्काले जानकारी दिए । 

आरोपीहरूको खोजीमा ईप्रका मकवानपुरका इन्स्पेक्टर सविनबावु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल र धादिङ स्थित इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं खटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप