राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को अधिवेशन अन्त्य
मङ्गलबार, १९ चैत २०८१, १२ : ०८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।
मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१२/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०८१ साल चैत १९ गते मङ्गलबार राति १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग
-
तीनकुने घटनाका दोषीमाथि कडा कारबाही गर्न अखिल (समाजवादी) को माग
-
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद