काठमाडौँ । विभिन्न कारणले पटक–पटक स्थगित भएको त्रिचन्द्र कलेजको स्ववियु निर्वाचनका लागि मंगलबार मतदान भइरहेको छ । यति बेला सो कलेज नजिकको बाटो नै बन्द गरेर मतदान भइरहेको हो ।
तीनधारा पाठशालादेखि कमलादीबाट आउने एकतर्फी बाटोमा सवारी रोकेर मतदान भइरहेको छ । सधैँ व्यस्त रहने यो सडक खण्ड बन्द गरिएपछि रत्नपार्क क्षेत्रमा ट्राफिक चाप बढेको छ ।
अफिस समयमा नै बाटो बन्द गरेपछि मानिसहरू हिँडेर नै आफ्नो गन्तव्यतर्फ गइरहेका छन् । सडकमा भने उम्मेदवारका समर्थक र सहयोगीहरू नारा लगाएर र भोट माग्दै बसिरहेका छन् ।
प्रतिक्रिया