बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

निसानले नयाँ सेभेन-सिटर बि-एमपिभि सार्वजनिक गर्ने

मङ्गलबार, १९ चैत २०८१, १० : ३५
मङ्गलबार, १९ चैत २०८१

काठमाडौं । निसान मोटर इन्डियाले आफ्नो उत्पादन श्रृंखलामा नयाँ सेभेन-सिटर बि-एमपिभि (मल्टि-पर्पस भिहेकल) थप्ने घोषणा गरेको छ। जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतका लागि लक्षित दुई नयाँ मोडेल सार्वजनिक गरेको थियो।

कम्पनीले भारतीय ग्राहकहरूको बढ्दो मागअनुसार उत्पादनहरूलाई परिमार्जन गर्दै बि-एमपिभि, सि-एसयुभि (कम्प्याक्ट स्पोर्ट्स युटिलिटी भेहिकल) तथा बि-एसयुभि (सब-कम्प्याक्ट एसयुभि) सेगमेन्टमा नयाँ गाडीहरू उपलब्ध गराउने योजना बनाएको छ। नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा समेत यी मोडेलहरू भित्र्याउने घोषणा गरेको छ।

नयाँ बि-एमपिभि २०२५ मा सार्वजनिक हुने

निसानको ‘प्लान्ड प्रोडक्ट-अफेन्सिभ’ रणनीतिअन्तर्गत पहिलोपटक विश्वव्यापी रूपमा नयाँ सेभेन-सिटर बि-एमपिभि सार्वजनिक गरिएको छ। यो गाडी निसानको भारतस्थित उत्पादन श्रृंखलामा नयाँ सदस्यका रूपमा थपिँदैछ, जसलाई आर्थिक वर्ष २०२५ मा सार्वजनिक गरिनेछ। त्यसपछि, पहिले घोषणा गरिएको फाइभ-सिटर सि-एसयुभि सन् २०२६ को सुरुवातमा बजारमा ल्याइनेछ।

कम्पनीले हालै दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ, जसले यी गाडीहरूको विकासक्रम र समयसीमालाई पुष्टि गर्छ। बि/सि-एसयुभि तथा डि-एसयुभि सेगमेन्टमा चार नयाँ उत्पादनहरू प्रस्तुत गर्ने निसानको लक्ष्य छ।

प्रिमियम डिजाइन र उच्च प्रविधियुक्त गाडीहरू

निसानको नयाँ सि-एसयुभि, प्रतिष्ठित निसान पट्रोलको डिजाइनबाट प्रेरित छ। यसले विश्वसनीयता, प्रिमियम निर्माणशैली, तथा अत्याधुनिक प्रविधि प्रस्तुत गर्नेछ।

त्यस्तै, सेभेन-सिटर बि-एमपिभि उत्कृष्ट मूल्यमा गुणस्तर, आराम, र स्टाइल प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको छ। यो गाडी निसानको विशेष डिजाइन दर्शन अनुसार निर्मित ‘मस्कुलर स्टाइलिङ’युक्त हुनेछ। यात्रुहरूको सहजता र सवारी अनुभवलाई प्राथमिकता दिँदै, उत्कृष्ट सस्पेन्सन तथा आरामदायी इन्टेरियर सहितको डिजाइन अपनाइएको छ।

स्थानीय उत्पादनमार्फत १ लाख इकाई बिक्री लक्ष्य

भारतमा वार्षिक रूपमा १,००,००० इकाई गाडीको आन्तरिक बिक्री तथा निर्यात गर्ने लक्ष्य लिएको निसान मोटर इन्डियाले यी दुई नयाँ उत्पादनहरू चेन्नईस्थित ‘अलायन्स जेभि प्लान्ट’मा उत्पादन गर्ने योजना बनाएको छ।

निसानको यो नयाँ रणनीति भारतीय तथा नेपाली ग्राहकहरूका लागि नवीन विकल्प प्रदान गर्न केन्द्रित रहेको छ, जसले कम्पनीको बजार विस्तारलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप