बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने

मङ्गलबार, १९ चैत २०८१, ०६ : ४०
मङ्गलबार, १९ चैत २०८१

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग सञ्चालन तथा व्यवस्थापनका लागि कानुन बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन आदेशमा स्थापना भई सञ्चालन हुँदै आएको आयोगको स्थायित्व र दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले आयोग गठन, सञ्चालन तथा व्यवस्थापनको कानुन निर्माण गर्न मस्यौदा तयारीका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त ऐनले आयोगको कामकारबाही र व्यवस्थापनको विषयलाई थप बलियो र मजबुत बनाउने छ ।

बैठकले पूर्वाधार विकास कार्यालय ललितपुरको प्रमुख पद रिक्त रहेकाले सिनियर डिभजिनल इन्जिनियर राजु श्रेष्ठलाई कायम मुकायम प्रमुखको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । सिनियर डिभिजनल इन्जिनियर नवीन सिंह बढुवा भई यातायात पूर्वाधार निर्देशनालयको निर्देशक भयसँगै सो उक्त कार्यालयका प्रमुख पद रिक्त रहेको थियो । मन्त्री लामिछानेका अनुसार अधिकतम ६ महिनाको लागि श्रेष्ठलाई कामु प्रमुखको जिम्मेवारी दिइएको हो ।

बैठकले प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त कार्यविधि अनुसार आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा स्थानीय तहलाई वितरण हुने समपुरक अनुदानको व्यवस्थापन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप