ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
मङ्गलबार, १९ चैत २०८१, ०४ : ४२

काठमाडौं । स्पेनिस ला लिगामा सेल्टा भिगो र लस पल्मसले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती उनीहरुले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
सेल्टा भिगोका लागि पहिलो हाफअघि अल्फान्सो गोन्जालेजले गोल गरे भने लस पल्मसकातर्फबाट दोस्रो हाफ सुरु भएलगत्तै अल्बर्टो मोलेरोले गोल फर्काए ।
यो खेलपछि सेल्टा ४० अंक बटुल्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ भने लस पल्मस रेलिगेशन जोनमा छ । शीर्ष स्थानको बार्सिलोनाको २९ खेलबाट ६६ अंक भएको छ भने समान खेलमा ६३ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ । यस्तै, ५७ अंक बटुलेको एटलेटिको मड्रिड तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा