एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
सोमबार, १८ चैत २०८१, २३ : २९

काठमाडौँ । सरकारले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) लाई १ लाख डलर सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा टेक्नोलोजीलाई उक्त सहयोग गर्ने निर्णय गरेको हो । ओली थाइल्यान्ड भ्रमणका क्रममा मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
थाइल्यान्ड भ्रमणका क्रममा ओलीले एआईटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसको नेपाल संस्थापक सदस्य पनि रहेको र नेपाल अहिले बोर्ड अफ ट्रस्टीको पनि सदस्य भएको नाता तथा संस्था आर्थिक संकटमा रहेकाले सो सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा एक महिला मृत अवस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?