बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त

सोमबार, १८ चैत २०८१, २३ : ११
सोमबार, १८ चैत २०८१

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काभ्रेपलान्चोकका सागर श्रेष्ठ नियुक्त भएका छन्।

सोमबार नेपाल विद्युत् प्राधिकरणको अनबन्डलिङ नीति अन्तर्गत गठन गरिएको  राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रेष्ठ भएका हुन्। 

उनलाई सरकारले ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । सात जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै उनलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ। 

इञ्जिनियर श्रेष्ठ ऊर्जा क्षेत्रका अनुभवी  व्यक्ति हुन् । उनले भारतको प्रतिष्ठित आईआईटी रुड़की विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका छन्। 

हाल ग्रिड कम्पनीसँग करिब ११० अर्ब रुपैयाँ बराबरको ११ वटा परियोजनाहरूको पोर्टफोलियो रहेको छ।  कम्पनीले नेपालको विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

gred

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप