१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि

आज २०८१ चैत १८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा तीनकुने घटनामा पूर्वराजा जिम्मेवार ः प्रधानमन्त्री, पार्टी राजनीतिमा फर्किए रवि, तीनकुने घटनाबारे संसदमा घोचपेच, संसदबाट पठाइए लगत्तै राष्ट्रपतिले प्रमाणीकरण गरे पाँच विधेयक, दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउ, राजावादी गतिविधिविरुद्ध एमालेको मोटरसाइकल र्याली लगायत छन् ।
१. तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाबारे संसदमा जानकारी गराएका छन् । उनले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको बताए ।
२. पार्टी राजनीतिमा फर्किए रवि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लामो अन्तरालमा पार्टी राजनीतिमा फर्किएका छन् । सोमबार उनी पार्टी कार्यालयमा पुगेर केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भए ।
३. तीनकुने घटनाबारे संसदमा घोचपेच
तीनकुने घटनालाई लिएर संसदमा घोचपेच भएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सत्ता पक्षका सांसदले उक्त घटनाको भर्त्सना गरेका हुन् भने राप्रपाका सांसदले सरकारकै कारण हिंसा भड्किएको आरोप लगाए ।
४. संसदबाट पठाइए लगत्तै राष्ट्रपतिले प्रमाणीकरण गरे पाँच विधेयक
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले संघीय संसदको दुवै सदनबाट पारित भई पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती विधेयक सोमबार नै सभामुखले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए ।
५. दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउ
राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएका आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा प्रसाईं निकट देवी संग्रौला रहेका छन् ।
६. राजावादी गतिविधिविरुद्ध एमालेको मोटरसाइकल ¥याली
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले राजावादीका गतिविधिविरुद्ध जनचेतना जगाउन मोटरसाइकल ¥याली निकालेको छ । एमालेको भ्रातृसंस्था युवा संघको अगुवाईमा एमालेले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल ¥याली निकालेको हो ।
७. त्रिचन्द्रका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ । निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो ।
८. माओवादी केन्द्रमा टीके प्रथा अन्त्य
नेकपा माओवादी केन्द्रले आन्तरिक लोकतान्त्रिक अभ्यासमा सकारात्मक फट्को मारेको छ । माओवादीको महत्त्वपूर्ण जनवर्गीय संगठन अनेरास्ववियु (क्रान्तिकारी) र प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व छनोट प्रक्रियासम्म आइपुग्दा प्रतिस्पर्धात्मक निर्वाचन विधिमा फट्को मारेको हो ।
९. एकीकृत समाजवादीको कार्यालयमा पहिलो पटक पुगे ओली
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली दिन सोमबार समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।
१०. गण्डकी सरकारलाई आफ्नै ‘सन्तान’ घाँडो
गण्डकी प्रदेश सरकारले स्थापना गरेका विभिन्न निकाय यतिबेला खारेजीको चरणमा छन् । केही खारेज भइसकेका छन् भने केहीलाई खारेज गर्ने कि राख्ने भन्नेबारे समिति बनाएर अध्ययन भइरहेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो
-
बारमा सत्ता र प्रतिपक्षको भिडन्त : दुवैलाई ‘राजावादी वकिल’को काँध
-
‘दुई ठुला शक्ति नेतृत्वमा आउँदा बारको आवाज झन् बुलन्द हुन्छ’
-
रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई
-
‘अहिलेको चुनाव दल भर्सेस कानुन व्यवसायी हो’
-
भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने १० वटा परियोजनाहरूको एमओयूमा हस्ताक्षर