मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल आगामी बुधबारदेखि

घोराही । प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा घोराहीमा मुख्यमन्त्री कप ‘प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता २०८१’ हुने भएको छ । यही चैत २० गतेदेखि २३ गतेसम्म प्रदेशभरका १२ जिल्लाका खेलाडीको सहभागितामा प्रतियोगिता हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिति मातहत सम्बन्धित जिल्लाबाट खेलाडी सहभागी हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा हुने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तीरनदाज गौतमले जानकारी दिए ।
लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिता अन्तरराष्ट्रिय भलिबल महासङ्घको नियमानुसार खेलाइने उनले बताए । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
सहभागी टिममा १२ जना खेलाडी, एक जना टिम प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी जम्मा १४ जनासम्म हुने गरी कार्यविधि बनाइएको छ । सहभागी टिमबाट खेल्ने खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने, खेलाडीले आफ्नो नागरिकता वा ठेगाना खुल्ने सरकारी कागजातको सक्कल प्रमाण–पत्र र सोको प्रतिलिपि अनिवार्य ल्याउनुपर्ने नियम बनाइएको छ ।
आयोजकले खेल सञ्चालन हुने जिल्लाबाहेक अन्य जिल्लाका खेलाडी, टिम प्रशिक्षक र टिम व्यवस्थापकलाई यातायातवापत रकम उपलब्ध गराउने तथा सहभागी टिमलाई खाना तथा आवासको रकम उपलब्ध गराउने जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ भने उपविजेताले नगद रु ६५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले बताए । त्यसैगरी, तृतीय पुरस्कार नगद रु ३५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद रु १५ हजार प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै छ विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु पाँच हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
हालै अर्घाखाँचीको सन्धिखर्कमा मुख्यमन्त्री कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गरिएको थियो । आयोजक प्रदेश खेलकुद परिषद्, लुम्बिनीले यसपछि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता चैत २५ बाट तथा फुटबल प्रतियोगिता चैत २७ गतेबाट गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० नृत्यकारले एकसाता सिके नृत्यकला
-
हिमालको सरसफाइका लागि ‘रेष्ट अफ ब्याग’ लाई अनिवार्य गरिनुपर्छ: आङछिरिङ शेर्पा
-
अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो
-
बारमा सत्ता र प्रतिपक्षको भिडन्त : दुवैलाई ‘राजावादी वकिल’को काँध
-
‘दुई ठुला शक्ति नेतृत्वमा आउँदा बारको आवाज झन् बुलन्द हुन्छ’
-
रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई