सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

भूमिगत दुर्गा प्रसाईंले भने– मैले लुक्ने ठाउँ भेटेको छु, तिमीहरूले त्यो पनि पाउँदैनौ

सोमबार, १८ चैत २०८१, २१ : १६
सोमबार, १८ चैत २०८१

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् । शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनाएको आरोप लागेका प्रसाई हाल फरार रहेका छन् । 

भूमिगत बनेका उनी हाल भारत पुगिसकेको हल्ला फैलिएको सन्दर्भमा उनले आफ्नो सचिवालयको फेसबुकमार्फत नेपालमै रहेको दाबी गरेका हुन् । 

उनले आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका छन् । उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो ठाउँ भेट्न नसक्ने बताएका छन् । 

उनले फेसबुकमा भनेका छन्, ‘सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ ! दुर्गा प्रसाई सिंह नै हो ,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो ! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख !’

22

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप