‘कमेडी नाइट विथ च्याम्पियन्स’ मंगलबारबाट प्रशारणमा आउने

काठमाडौं । मंगलबारबाट प्रसारणमा आउने कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रिमियर गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा पत्रकारलाई शोको प्रिमिएर गरिएको हो ।
प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइरालाले शोमा हास्य प्रस्तुति दिनेछन् । भब्य सेट र संरचनासहित आउन लागेको शोलाई थ्री प्रोडक्सनले निर्माण गरेको हो ।
शोमा अध्यक्षको रुपमा दीपाश्री निरौला देखिँदैछिन् । उनले कार्यक्रम गर्दा आफूलाई ‘युुद्ध जितेजस्तो महसुस’ भएको बताइन् । हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले दर्शकलाई विविध विषयवस्तुमा गुणस्तरीय कार्यक्रम उपलब्ध गराउने टेलिभिजनको उदेश्यले शो बनेको बताए ।
शोको निर्देशक विशाल भण्डारी हुन् । दर्शकमाझ नयाँ सिजन ल्याएर आउन लाग्दा आफू एकदमै उत्साहित रहेको भण्डारीले बताए । शो हिमालय टिभीमा प्रसारण हरेक साताको मंगलबार राती ९ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट प्रसारण हुनेछ ।