बजार
सरकारले घटायो डिजेलको भाउ
सोमबार, १८ चैत २०८१, २० : ४३

सरकारले डिजेलको भाउ घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।
निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो ।
सोहीअनुसार पेट्रोलको भाउ कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेल को भाउ घटाउने निर्णय भएको निगमको भनाइ छ । जसअनुसार अब काठमाडौँमा डिजेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । बढेको मूल्य मंगलबारदेखि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप
-
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी अभियानको आन्दोलन छोट्यायो
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?