अचेत अवस्थामा भेटिएका ३ बालक मृत घोषणा

हेटौडा । मकवानपुरको सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्था उद्धार गरिएका ३ जना बालकको मृत्यु भएको छ । अचेत अवस्थामा उद्धार गरिएका बालकहरुलाई पाटन अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरी खोलामा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेर अचेत अवस्थामा उद्धार गरिएको थियो ।
मृत्यु हुनेमा स्थानीय सुन्दर आचार्यका छोरा १४ वर्षका सुशान्त आचार्य र काभ्रेको फुलबारी दाप्चाबाट मामा घर (सुन्दर आचार्य) को घरमा आएका १५ वर्षका प्रमेश घोरसैनी र १४ वर्षका प्रभात घोरासैनी रहेका छन् । प्रमेश र प्रभात दाजुभाई रहेको प्रहरीले जनाएको छ ।
उपचारको लागि पाटन अस्पताल पुर्याएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।
खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा स्थानीय सुशान्तसहित प्रमेश र प्रभात अचेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना
-
झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
-
ट्राफिक नियम उल्लंघनकर्ताले अनलाइनबाटै कक्षा लिन पाउने व्यवस्था गरिँदै
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए