कूटनीति
कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी
सोमबार, १८ चैत २०८१, २० : २०

काठमाडौँ । कतार सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको छ।
उक्त निर्णयलाई मन्त्रालयले मानवीय आधारमा गरिएको सौहार्दपूर्ण कदमको रूपमा उल्लेख गर्दै यसले नेपाल–कतार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।
नेपाल सरकारले दोहास्थित नेपाली राजदूतावासमार्फत आममाफीका लागि अनुरोध गरेको थियो । जसलाई कतार सरकारले स्वीकार गर्दै नेपाली नागरिकहरूलाई आममाफी दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का