अस्ट्रेलिया नेपाली कम्युनिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ l अस्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा ७० मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी उद्धव पोख्रेलले ४५ र अर्का प्रतिस्पर्धीले २ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष हेमन लमिछाने, महिला उपाध्यक्ष सहनशीला श्रेष्ठ,महासचिव दीपेन्द्र घिमिरे,सचिव वसन्त पाण्डे, कोषाध्यक्ष जनक प्रधान निर्वाचित भए । त्यसैगरी कार्यकारी सदस्यहरूमा सुरज बुढाथोकी, सकिना थापा, नवराज तिमिल्सिना, श्रीधर आचार्य, रिवाज मैनाली, युवराज घिमिरे, पुजन गड्तौला, नवीन चौलागाईं, विमर्श पाण्डे, विवेक ओझा र क्रिशम खड्का निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्ष श्रेष्ठले प्रवासमा रहेर नेपाली कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने बताए । यहाँ रहेका नेपाली समुदायलाई एकत्रित गरेर भ्रातृत्त्वको भावना विकास गराउन पनि पहल गर्ने उनको भनाइ छ ।
नेपाली समुदायलाई अस्ट्रेलियाको समुदायमा जोड्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने उनले बताए । श्रेष्ठ सुनसरी इटहरी उपमहानगरपालिका २० का हुन् । उनी सात वर्षददेखि अस्ट्रेलिया बसोबास गर्दै आइरहेका छन् । उनी कन्सट्रक्सन क्षेत्रमा आबद्ध छन् । श्रेष्ठ अस्ट्रेलिया एनआरएनका सदस्यसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
अब सरकारी कोषबाटै पार्टीलाई रकम, उम्मेदवारलाई चुनावमा चन्दा वर्जित !
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्यो