सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
सोमबार, १८ चैत २०८१, १८ : १३

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभामा उत्पत्ति भएका देहायका विधेयकहरू प्रमाणित गरेका छन् । सङ्घीय संसदले नेपालको संविधानको धारा १११ बमोजिम पारित गरेकाले सभामुखले धारा ११३ (१०) बमोजिम विधेयकहरू प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।
प्रमाणित गरिएका विधेयकहरुमाः सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ र निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै