सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित

सोमबार, १८ चैत २०८१, १८ : १३
सोमबार, १८ चैत २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभामा उत्पत्ति भएका देहायका विधेयकहरू प्रमाणित गरेका छन् । सङ्‍घीय संसदले नेपालको संविधानको धारा १११ बमोजिम पारित गरेकाले सभामुखले धारा ११३ (१०) बमोजिम  विधेयकहरू प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेका छन् । 

प्रमाणित गरिएका विधेयकहरुमाः सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,  २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,  २०८१ र निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप