राजावादी प्रदर्शन
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
सोमबार, १८ चैत २०८१, १८ : ००

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरे । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गर्ने प्रक्रिया सुरु भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाईहरु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
-
नाडा र नाइमाको संयुक्त भनाइः सहअस्तित्वसहित अटोमोबाइल उद्योगलाई सशक्त बनाउँछौ
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको सचिवमा कुन्छाको उम्मेदवारी घोषणा
-
जनमत र उन्मुक्ति एकताः रञ्जिताको पदीय हैसियतमा समस्या
-
जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै
-
४ जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज