सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश

सोमबार, १८ चैत २०८१, १७ : ०१
सोमबार, १८ चैत २०८१

काठमाडौँ । विश्वकै अग्रणी अटोमोटिभ रिफिनिसिङ कम्पनी निप्पोन पेन्टले नेपालको बढ्दो अटोमोटिभ रिफिनिस बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले नेपालमा नयाँ कार्यालय स्थापना गर्दै प्रिमियम कोटिङ उत्पादनहरू भित्र्याउने तथा नवीन सेवा प्रदान गर्ने योजना बनाएको जनाएको छ।

नेपालको अटोमोटिभ क्षेत्रमा दीर्घकालीन लगानी गर्ने लक्ष्यसहित निप्पोन पेन्टले उच्च-गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउने तयारी गरेको छ। यसैक्रममा, नेपाली अटो बडी सपहरूका लागि विशेष रूपमा डिजाइन गरिएको N-Max अटोमोटिभ रिफिनिस लाइन प्रस्तुत गर्दैछ। साथै, EARN एप को सुरुवातमार्फत स्थानीय पेन्टरहरूलाई सशक्त बनाउने योजना पनि कम्पनीले बनाएको  छ। यस एपले पेन्टरहरूलाई विभिन्न पुरस्कार तथा प्रोत्साहन कार्यक्रममार्फत लाभान्वित गर्नेछ।

भारतभर २,००० भन्दा बढी शहरहरूमा आफ्नो मजबुत वितरण सञ्जाल भएको निप्पोन पेन्टले नेपालमा पनि सशक्त आपूर्ति प्रणाली विस्तार गर्न लागेको कम्पनीको भनाइ छ। कम्पनीले स्थानीय साझेदारी तथा खुद्रा व्यापार रणनीतिहरूमार्फत नेपालका ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने लक्ष्य राखेको छ।

निप्पोन पेन्ट ग्रुप अटोमोटिभ रिफिनिसेसका वरिष्ठ उपाध्यक्ष शरद मल्होत्राको नेतृत्वमा, कम्पनीले भारत, इन्डोनेसिया, अष्ट्रेलिया, र मध्यपूर्वमा आफ्नो व्यवसाय मजबुत बनाइसकेको छ। अब, पश्चिम एशिया र अफ्रिकासम्म आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिसहित, निप्पोन पेन्टले मास्टरक्राफ्ट ब्रान्ड ल्याउने योजना बनाएको छ। मास्टरक्राफ्टले उपभोक्ताहरूलाई जापानी प्रविधिमा आधारित उच्च-गुणस्तरको, छिटो तथा भरपर्दो अटोमोटिभ बडी तथा पेन्ट मर्मत सेवा प्रदान गर्नेछ।

निप्पोन पेन्टले नेपालमा शेर ए निप्पोन जस्तै कार्यक्रम ल्याउने तयारी गरिरहेको छ, जसले भारतमा १०,००० भन्दा बढी पेन्टरहरूलाई जोडेको छ। यो कार्यक्रम नेपाली पेन्टरहरूको सीप विकास, व्यवसाय प्रवर्द्धन तथा सेवा गुणस्तर सुधारमा केन्द्रित हुनेछ।

नेपालमा स्थानीय उत्पादनको सम्भावना अध्ययन गर्दै, निप्पोन पेन्टले अटोमोटिभ क्षेत्रबाहेक अन्य उद्योगहरूमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको छ। यस पहलले नेपालमा कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप