घट्यो सिमेन्टको मूल्य

काठमाडौँ । बजारमा सिमेन्टको मूल्य घटेको छ । सिमेन्ट उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।
‘लोडसेडिङ घटेसँगै उत्पादन बढेको र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँसम्मले मूल्य घटाएको जानकारी आएको छ,’ महानिर्देशक दाहालले भने, ‘लोडसेडिङ पूर्णरुपमा हटेपछि अझै धेरै मूल्य घट्छ ।’
फलामे छड (डन्डी) को मूल्य घटेको बारेमा जानकार नभएको बताए । ‘ठ्याक्कै के कति घट्यो भनेर भन्न सक्ने अवस्था छैन । यस विषयमा उद्योगीहरूसँग सोध्नुपर्ने हुन्छ ,’ उनले भने ।
यसअघि विभागले उद्योगीहरूलाई सिमेन्ट र डन्डीको उत्पादन लागत मूल्यको सम्पूर्ण विवरण विभामा उपलब्ध गराउन पत्राचार गरेको थियो । साथै विभागका महानिर्देशक दाहालले उद्योगीहरूलाई एक साताभित्र सिमेन्ट र डन्डीको अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएका छन् । उद्योगीहरूले पनि उक्त कुराको सहमति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन अपडेटः श्रेष्ठभन्दा मिश्र २७३ मतले अगाडि, बाँकी गणना भोलिदेखि
-
नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक : पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको समीक्षा
-
राजतन्त्रको अन्त्य भइसक्यो, अब जिउँदो भएर आउँदैन : लेखराज भट्ट
-
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ शिवानी मोक्तानलाई
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ