स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता
सोमबार, १८ चैत २०८१, १६ : ३१

म्याड्रिड । स्पेनमा सोमबार एउटा खानीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उत्तरी स्पेनको अष्टुरियस क्षेत्रमा सोमबार उक्त दुघर्टना भएको हो ।
देगानामा रहेको सो खानीभित्र रहेको एउटा मेशिनमा स्थानीय समयअनुसार बिहान ९ः३२ बजे गडबडी हुँदा सो दुर्घटना भएको क्षेत्रीय आकस्मिक सेवाले बताएको छ ।
यस घटनामा अरू तीन जना घाइते भएको अनि चार जना बेपत्ता भएको भनिएको छ । खानीमा विस्फोटको आवाज सुनिएको र कयौँ मानिस खानी भित्र फसेको भन्दै एल मन्डो पत्रिकाले बिहान एउटा समाचारमा भनेको थियो ।
घटनाबारे अरू विवरणहरू आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यान इनारमा खस्दा १० जनाको मृत्यु
-
कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु
-
तीनकुने घटना : राज्यविरुद्ध कसुरमा २४ जनालाई थप सात दिन म्याद थप
-
घाइते पत्रकार कार्कीको निःशुल्क उपचार गरी दोषीमाथि कारबाही गरियोस् – प्रेस सेन्टर
-
पारिवारिक दुस्मनीमा बालकको हत्या : टिकटक बनाउन बोलाए, गोली हानेर मारे
-
दुई आयोगको अध्यक्ष र सदस्यको सर्ट लिस्टमा को को परे ? (सूचीसहित)