घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो

काठमाडौँ । हिजोआज सामाजिक सञ्जालमा घिब्ली शैलीका चित्रहरू राख्ने चलन भाइरल भइरहेको छ । मानिसहरूले आफ्ना तस्बिरलाई एआई मार्फत विशेष एनिमे शैलीमा रूपान्तरण गरिरहेका छन् । धेरैले ओपनएआईएको जीपीटी–४० को यो नयाँ फिचरलाई मन पराइरहेका छन् । तर केहीले यसलाई गलत र अपमानजनक मानिरहेका छन् ।
घिब्ली–शैलीको इमेज बनाउने प्रवृत्ति भाइरल भएपछि, स्टुडियो घिब्लीका ८४ वर्षीय सह–संस्थापक हायाओ मियाजाकीको पुरानो भिडियो फेरि देखिएको छ । यस भिडियोमा मियाजाकीले एआईको पयोग गरेर एनिमेसन बनाउने कामलाई ‘जीवनको अपमान’ भनेका छन् ।
आफूले आफ्नो काममा कहिल्यै एआई प्रयोग नगर्ने उनको भनाइ थियो । सामाजिक सञ्जालमा धेरै मानिसहरूले एआईलाई घिब्ली शैलीका तस्बिरहरू बनाउनु मियाजाकीको अपमानजनक भएको बताएका छन् । मियाजाकी आफैँ पनि एआईको विरुद्धमा थिए ।
रेडिटमा एक प्रयोगकर्ताले स्टुडियो घिब्लीको कलाको नक्कल गर्न एआई प्रयोग गरिनु एकदमै गलत भएको भनेका छन् । घिब्ली दशकौँको कडा परिश्रम, कला र जोसको परिणाम भएको तर अब मानिसहरूले यसलाई केही सेकेन्डमै नक्कल गर्नु वास्तविक कलाकारहरूको लागि धेरै निराशाजनक भएको ती प्रयोगकर्ताले लेखेका थिए ।
अर्का प्रयोगकर्ताले चाहिँ एआईले सिर्जना गरेको कला वास्तविक कला होइन, यो बेकार हो भनेर कमेन्ट गरेका छन् । यो ट्रेन्डमा एक प्रयोगकर्ताले ‘आजकल केही पनि पवित्र छैन ।’ भनेर कमेन्ट गरेका छन् । ‘यो मियाजाकीको कडा परिश्रमको अपमान हो ।’ अर्का एक जनाले लेखेका छन् ।
घिब्ली शैलीको तस्बिर बनाउन एआईको प्रयोग गर्नु धेरै अनादरपूर्ण भएको एक प्रयोगकर्ताले लेखेका छन् । अर्का एक जनाले यस्तो कमेन्ट पनि गरेका छन्, ‘बिचरा मियाजाकीले कहिलेकाहीँ मात्रै २ सेकेन्डको दृश्य बनाउन वर्षौँसम्म काम गरेका थिए । अब एआईले यसलाई सेकेन्डमै सिर्जना गरिरहेको छ, यो ठिक होइन ।’ अर्का प्रयोगकर्ताले पनि यसलाई अत्यन्तै अपमानजनक भनेका छन् ।
- घिब्लीको बढ्दो मागका कारण समस्यामा ओपनएआई
घिब्ली–शैलीको एआई छविको उच्च मागले ओपनएआईको प्रणालीहरूमा दबाब सिर्जना भएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानले आफ्नो टिमलाई पनि त निद्राको खाँचो छ भन्दै प्रयोगकर्तालाई यो पागलपन हो भन्दै तस्बिर बनाउन संयम अपनाउन भनेका थिए । ‘यसलाई राम्रो बनाउन सकौँ भनेर हामीले छोटो समयको लागि केही सीमाहरू राख्दैछौँ । आशा छ, यसले धेरै समय लिने छैन,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा अल्टम्यानले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी
-
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
-
मौसम पूर्वानुमान : छैन वर्षाको सम्भावना, तापक्रम बढ्दै जाने
-
नारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल