ईयू कोष दुरुपयोग मामिलामा दोषी भेटिइन् मरिन लि पेन

पेरिस । फ्रान्सकी कट्टर दक्षिणपन्थी नेता मरिन लि पेन ईयूको कोष दुरुपयोग गरेको मामिलामा दोषी भेटिएकी छिन् ।
फ्रेन्च नेशनल र्याली (आएन) पार्टीका लागि पैसा जुटाउन ईयूका कानून निर्माता रहेकी लि पेन र अन्य आठ जना कानून निर्माता अनि १२ जना संसदीय सहयोगीले ईयू कोषको दुरुपयोग गरेको पाइएको हो । यिनीहरूले वास्तवमा पार्टीका लागि काम गरिरहेको पाइएको न्यायनधीश बेनेडिक्ट डि पेर्थिउसले अदालतमा भने ।
प्रशासनिक त्रुटी नभएको बरु पार्टीको लागत घटाउन सिष्टमको ढाँचाभित्र रहेर अपचलन गरिएको पाइएको पनि न्यायाधीशले आफ्नो फैसलामा सुनाए । न्यायधीश बोल्दै गर्दा अदालतको कक्षमा पहिलो क्रममा बसेकी लि पेनले स्वीकारोक्तिको भावमा आफ्नो टाउको हल्लाइरहेकी थिइन् ।
अदालतले लि पेनलाई सार्वजनिक कार्यालयमा रहनबाट प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध कति लामो हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । तर, पञ्चवर्षीय प्रतिबन्ध लाग्यो भने उनले २०२७ मा राष्ट्रपतिको पदमा उमेदवारी दिन पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन