पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार राति आफ्नो देशका जनतालाई सम्बोधन गरेका थिए । यस क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीमा प्रतिक्रिया पनि दिए । जेलेन्स्कीले पुटिनलाई कूटनीतिको वास्ता नभएको र युद्ध रोक्न रुसमाथि थप दबाब दिन आवश्यक रहेको बताए ।
‘विगत केही हप्तामा अमेरिकाबाट बिना शर्त युद्धविरामको प्रस्ताव आएको छ र लगभग सधैँ यी प्रस्तावहरूको प्रतिक्रियामा, रुसी ड्रोन, बम, तोपखाना र ब्यालिस्टिक आक्रमणहरू भएका छन्,’ जेलेन्स्कीले भने । रुसमाथि थप दबाब दिनुपर्ने पनि जेलेन्स्कीले बताए । रुसको युद्ध गर्ने शक्ति र युद्ध गर्ने प्रणालीलाई नष्ट गर्न कडा प्रतिबन्ध लगाउनुपर्नेमा उनले जोड दिएका थिए ।
पुटिनले हालै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेका थिए । जेलेन्स्कीको राष्ट्रपति कार्यकालको म्याद सकिइसकेको भन्दै कुनै पनि सम्झौतामा उनले हस्ताक्षर गर्न नसक्ने पुटिनको भनाई थियो ।
उनको यो प्रतिक्रियापछि एनबीसीलाई दिएको अन्तरवार्तामा ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दुखी भएको भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन
-
माओवादी विराटनगर कमिटीको निर्वाचन : देव राजवंशीको प्यानल विजयी