तीनकुने घटना आपराधिक हो: उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गतेको काठमाडौँको तीनकुनेको घटना आपराधिक भएको बताएका छन् ।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रमा सबैले आआफ्नो विचार राख्न र बोल्न पाउने भएता पनि त्यस दिनको उग्र गतिविधि अपराध गर्ने मानसिकताबाट ग्रसित भएको बताए ।
राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाएको र त्यस दिनको सम्पूर्ण गतिविधि हिंसात्मक र आपराधिक रहेकाले दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले बताए ।
सरकार संसद् र सिंहदरबारमा मजबुत रहेता पनि जनता माझ कमजोर रहेको यादवको भनाइ छ । यादवले बिचौलिया, भ्रष्ट र कमिसनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको बताए ।
राजनीतिक दलहरूले बेलैमै सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य