पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पश्चगमन र यथास्थिति अहिलेको समाधान नभएको बताएका छन् ।
पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै विप्लवले पश्चगमन र यथास्थिति नभई नेपाली विशेषताको समाजवाद वर्तमान समस्याहरुको समाधान भएको बताएका हुन् ।
काठमाडौँमा आज दिउँसोदेखि सुरु भएको बैठकमा विप्लवले नेपालमा पश्चगमनका पक्षमा केही राजावादीहरु सल्बलाएको भन्दै यसबारे विशेष निर्णय लिन पार्टी पोलिटब्युरोको अकस्मिक बैठक बोलाएको बताए ।
बैठकमा राजावादीहरुको आन्दोलनबारे छलफल गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ताको विषयमा छलफल गर्ने, ध्रुबीकरणबाट आएका नेताहरुको कार्यविभाजन गर्ने, सामनाले संचालन गर्ने सांस्कृतिक अभियानबारे छलफल हुने, देशभर आमसभा र गोष्ठी गर्ने स्थान र मिति तय गरिने र संघर्षका कार्यक्रमहरुबारे निर्णय गर्ने पार्टीको भनाइ छ । बैठक भोलिसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक