म लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे होइनः रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले आफू लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे नभएको बताएका छन् । सोमबार रास्वपाको पार्टी कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकअघि सम्बोधन गर्दै उनले जनताको आक्रोशलाई सरकारले नजरअन्दाज गर्ने काम गरेको बताए ।
‘म लड्छु, जुनसुकै शक्तिसँग लड्छु । तर, यो लुटतन्त्र टुलुटुलु हेरेर बस्ने लाछी मान्छेचाहिँ होइन’, उनले सरकारले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै भने, ‘अझै गर षड्यन्त्र गर । जे हुन्छ होस् थप लगाउँदा पनि हुन्छ मुद्दा । तर, सरकारले जनताको आक्रोशलाई नजरअन्दाज गर्ने काम गरेको छ । जनतामा ठुलो आक्रोश आएको छ । त्यसलाई चिर्नुपर्ने र बदल्नुपर्ने थियो तर हुन सकेको छैन ।’
लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न आफू कहिल्यै नथाक्ने उनको भनाइ थियो । उनले आफूलाई तर्साउन सरकारले अझै पनि एउटा जिल्लाको मुद्दा अदालतमा नलगेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च