लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूबिच मतभेद बढेका कारण प्रतिगामी तत्त्वहरू सक्रिय हुन थालेको बताएका छन् ।प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामा रक्षाका लागि नेतृत्व गरेका नेताहरूले सच्चिनुपर्ने बताएका हुन् ।
उनले गणतन्त्रवादी दलहरूबिच मतभेद भए पनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गरे । उनले भने, ‘हाम्रा बिचमा मतभेद छन् । तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यस कारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूको बिचमा प्रशस्तै मतभेद छन् । मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथीहरू सच्चिनु, आत्मालोचना गर्नु । ती कमजोरी भएका कुराहरूलाई देश र जनताको अगाडि निर्भीक भएर आत्मालोचना हुनुपर्दछ । होइन भने हामीले बर्षौँ लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरूले उल्ट्याउँछन् नि ।’
उनले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरू अगाडि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले भन्यो– पत्र कार्यान्वयन नगर्नू, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू (पत्रसहित)
-
इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन
-
पूर्वनवयुवराज हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
रेशम चौधरी रिहा हुँदै
-
रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ
-
सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा