बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत

सोमबार, १८ चैत २०८१, १४ : ५२
सोमबार, १८ चैत २०८१

काठमाडौँ । अनेरास्ववियुले रमेश अवस्थीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तह अध्ययन गरिरहेका अवस्थीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । 

अनेरास्ववियुको अमृत साइन्स क्याम्पस कमिटीमा रहेर उत्कृष्ट कार्य गरेको अनेरास्ववियुको ठहर छ । साथै २०७९ सालको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट म्यान अफ द इलेक्सन भएका थिए । स्ववियु निर्वाचनमा सङ्गठनलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अनेरास्ववियुले उनलाई सम्मान स्वरूप मनोनीत गरेको हो । 

अस्कल क्याम्पसमा बीएस्सी पढ्दै गर्दा उनी आफ्नो ब्याजका टपर थिए । 

samik

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप