राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयो: राजेन्द्र लिङ्देन

काठमाडौँ । वर्तमान व्यवस्था विरोधी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा लिङ्देनले गणतन्त्रमा पुगेपछि मुलुक कस्तो अवस्थामा छ भन्ने जनताले राम्रोसँग हेरेको भन्दै राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप बताएका हुन् ।
उनले व्यवहारमा सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै नभई जनताले व्यवस्था उल्टाउने तर्क गरे । लिङ्देनले १५ गतेको घटनालाई राज्यले नियन्त्रणमा लिन नसकेको र उल्टै नागरिकमाथि सरकारले दमन गरेको आरोप लगाए ।
हरेक आन्दोलनमा युवाहरूको योगदान रहने भन्दै युवा शक्तिलाई नहोच्याउन उनले चेतावनी दिए । त्यस्तै अध्यक्ष लिङ्देनले शुक्रबार भएको घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन हुनुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर