सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा

सोमबार, १८ चैत २०८१, १४ : ०२
सोमबार, १८ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली दिन सोमबार समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् । 

पत्रकार, लेखक र कूटनीतिज्ञ समेत रहेका ८७ वर्षीय कोइरालाको हिजो निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार एकीकृत समाजवादीको कार्यालयमा राखिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप