‘अहिले विपक्षीले हल्ला गरे भन्ने सत्ता पक्षीय माननीयहरू विगत सम्झनुस्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोरप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा विपक्षीले होहल्ला गरे भनेर भन्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद अर्यालले यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्दा कांग्रेस, एमाले सांसदहरूले गरेको होहल्लालाई सम्झन आग्रह गरे ।
कांग्रेस एमाले सांसदहरूलाई व्यङ्ग्य गर्दै सांसद अर्यालले भने, ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल रोष्टममा बोल्दै गर्दा तपाईहरूले के गर्नुभएको हो ? यो अहिले सत्ता पक्षमा रहेका र प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा विपक्षीहरूले हो हल्ला गर्दा बुरुक्क उफ्रिने सांसदहरूलाई सम्झाउन चाहन्छु ।’
उनले चैत १५ गतेको घटनामा दुवै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे । उनले त्यो घटनामा रास्वपालाई प्रहार गरिएको बताए । ‘हाम्रा प्रमुख सचेतकको गाडी जलाइएको छ । हाम्रा पार्टीका कोशी प्रदेश समिति सदस्यको कम्प्युटर पसलमा आगजनी गरिएको छ,’ अर्यालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म