क्रिकेट सङ्घले निःशुल्क टिकट मागेर हैरान पारेको भन्दै घरेलु मैदान परिवर्तन गर्ने सनराइजर्स हैदराबादको चेतावनी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदान परिवर्तन गर्ने चेतावनी दिएको छ । सनराइजर्स हैदराबादको ब्यवस्थापन पक्षले हैदराबाद क्रिकेट एसोसिएसनमाथि गम्भीर आरोप लगाउँदै आफ्नो घरेलु मैदान परिवर्तन गर्ने चेतावनी दिएको हो ।
हैदराबाद क्रिकेट एसोसिएसनका पदाधिकारीले अनावश्यक रुपमा निःशुल्क टिकट मागेर हैरान पारेको आरोप सनराइजर्स हैदराबादको व्यवस्थापनले लगाएको छ । यस विषयमा आफूहरुले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० मा उजुरी गर्ने चेतावनी पनि सनराइजर्स हैदराबादले दिएको छ ।
हैदराबादस्थित राजिव गान्धी स्टेडियम सनराइजर्सको घरेलु मैदान हो । सनराइजर्स हैदराबादका व्यवस्थापकले हैदराबाद क्रिकेट एसोसिएसनका कोषाध्यक्ष सीजे श्रीनिवासलाई पत्र लेख्दै आफूहरु कुनै प्रकारको हस्तक्षेप सहने पक्षमा नरहेको बताएका छन् । पत्रमा सनराइजर्सका व्यवस्थापकले हैदराबाद क्रिकेट एसोसिएसनका अध्यक्ष जगन मोहन रावको व्यवहारप्रति पनि रोष व्यक्त गरेका छन् । क्रिकेट एसोसिएसनका पदाधिकारीहरु सनराइर्जप्रति नकारात्मक रहेको आरोप पनि लगाइएको छ ।
राजिव गान्धी स्टेडियममा सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबिच खेल हुँदा क्रिकेट एसोसिएसनका पदाधिकारीहरुले भीआईपी बक्सको सबै टिकटमाथि कब्जा जमाएर आफूहरुलाई दुःख दिएको आरोप पनि सनराइजर्सले लगाएको छ ।
‘हामीलाई निरन्तर दुःख दिइँदैछ । ठुलो सँख्यामा निःशुल्क टिकट मागिन्छ । हामीले आफ्ना साझेदारलाई पनि पास उपलब्ध गराउनु पर्छ । तर, पास र टिकटजति सबै क्रिकेट एसोसिएसनका पदाधिकारीहरुले लैजान्छन्,’ सनराइजर्सका व्यवस्थापकले भनेका छन् ।
सनराइजर्सले आफ्ना साझेदारहरुलाई तीन हजार नौ सय टिकट उपलब्ध गराउनु पर्ने हुन्छ । हैदराबाद क्रिकेट एसोसिएसनका पदाधिकारीको लागि ५० वटा टिकट आरक्षित गरिएको छ । तर, क्रिकेट एसोसिएसनका पदाधिकारीहरुले भने थप निःशुल्क टिकट मागेर हैरान पार्ने गरेको सनराइजर्सको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका मधेस महामन्त्री प्रदेश नीति तथा योजना आयोग सदस्य नियुक्त
-
ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न उर्जा मन्त्रालयद्वारा चार सदस्यीय समिति गठन
-
बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर
-
यस्तो छ ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’
-
सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी प्रदर्शन गरिँदै
-
कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने