पियोर इनर्जीले सर्वसाधारणलाई चैत २८ गतेदेखि आईपीओ जारी गर्ने
सोमबार, १८ चैत २०८१, १२ : ३१

काठमाडौँ। पियोर इनर्जी लिमिटेडले चैत २८ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्न लागेको जनाइएको छ।
कम्पनीको शेयर वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री खुलाइसकेको छ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र अष्ट्रेलियन डलरको मूल्य ?
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा
-
आज चैती छठ पर्वको व्रत र सझियाघाट
-
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो