सलमानको ‘सिकंदर’ को बक्स अफिसमा सुस्त सुरुवात

मुम्बई । बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षीत ईदमा रिलिज भएको फिल्म 'सिकंदर' ले बक्स अफिसमा सुस्त सुरुवात गरेको छ। फिल्मले सुरुवाती दिनमा २६ करोड भारतीय रुपैयाँ कमाएको छ, जुन अपेक्षाभन्दा कम हो ।
यो आंकडासँगै फिल्मले पहिलो दिन शानदार व्यापार गरेको विक्की कौशलको 'छवा' को ओपनिङ कलेक्सनलाई पनि उछिन्न सकेन । भ्यालेन्टाइन डेको अवसरमा रिलिज भएको विक्की कौशल र रश्मिका मन्डानाको फिल्म 'छवा' ले पहिलो दिन बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेको थियो। फिल्मले पहिलो दिनमै ३१ करोडको आँकडा पार गरेको थियो ।
सिकन्दर पहिलो दिनको कलेक्सनको हिसाबले यो फिल्म सलमानको शीर्ष ५ फिल्ममा समावेश हुन सकेन। सलमान खानका शीर्ष ५ ओपनिङ फिल्महरूको कुरा गर्दा, यो सूचीमा 'टाइगर ३' (२०२३) शीर्ष स्थानमा छ, जसको ब्लकबस्टर ओपनिङ ४४.५० करोड रुपैयाँ थियो। यसपछि, 'भारत' (२०१९) ले ४२.३० करोड रुपैयाँ, 'प्रेम रतन धन पायो' (२०१५) ले ४०.३५ करोड रुपैयाँ र 'सुल्तान' (२०१६) ले ३६.५४ करोड रुपैयाँको ओपनिङ गरेको थियो।
फिल्मलाई लिएर फ्यानहरूमाझ ठुलो क्रेज थियो, तर यसका बाबजुद पनि पहिलो दिनको प्रदर्शन अपेक्षाभन्दा कम रह्यो। चलचित्रले सामना गरेको सबैभन्दा ठुलो धक्का अनलाइन पाइरेसीको कारण थियो। यो फिल्म रिलिज हुनुभन्दा एक रात अघि इन्टरनेटमा लिक भएको थियो, जसले गर्दा यसको बक्स अफिस कलेक्सनमा असर परेको भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै