बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔंः मन्त्री भट्टराई

सोमबार, १८ चैत २०८१, १२ : १८
सोमबार, १८ चैत २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएकी छन् । 

सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताइन् । उनले सबैले आशा र प्रतिक्षा गरेको विधेयक भएकाले पनि सबैले समन्वय गरेर छिटो टुंग्याउनुपर्ने बताइन् । भट्टराईले ३५ दिनको कार्य योजना बनाएर उपसमितिले काम शुरु गरेकोमा खुशी प्रकट गर्नुरिन् । 
मन्त्री भट्टराईले भनिन्, ‘यो विधेयक असाध्यै पेचिलो छ र सबैले आशा गरेको, कहिले आउँछ भनेर सबै प्रतिक्षारत भएको विधेयक रहेको हुँदा हामीले ३५ दिनको कार्य योजना बनाएर काम शुरु गरेका छौँ । जे विषय सहज छन्, त्यसलाई यो यो दफामा छलफल गरेका छौँ भनेर सन्देश दिन पनि जरुरी छ । जे विषयमा संवाद आवश्यक हुन्छन्, विषय शुरु गर्ने र संवादका लागि कहाँ कहाँबाट सहजीकरण हुन्छ, त्यसको लागि मैले मन्त्रालयको हिसावले गर्नुपर्ने हिसावमा सहजीकरण गर्न तयार छु ।’

मन्त्री भट्टराईले उपसमिति, समिति र मन्त्रालयसँगको सहकार्य गरेर समन्वयका साथ अघि बढ्नुपर्ने बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप