कार्यक्रमकै दौरान ढलेका प्रसिद्ध गायकको मृत्यु

अंकारार । टर्कीका प्रसिद्ध गायक भोल्कान कोनाकको आकस्मिक निधनले संगीत क्षेत्रमा शोकको लहर छाएको छ। उनका प्रियजन र प्रशंसकहरूले सामाजिक सञ्जाल मार्फत उनलाई श्रद्धाञ्जली दिइरहेका छन्।
फ्यानहरूले कोनाकलाई 'उत्तरका छोरा' को रूपमा सम्झिरहेका छन्। साइप्रसमा एक संगीत कन्सर्टको क्रममा भोल्कान कोनाकको मृत्यु भएको थियो। मृत्यु हुनुभन्दा अघि, उनी अचानक बेहोस भए।
उनलाई तुरुन्तै फामागुस्टा राज्य अस्पताल लगियो। उपचारको क्रममा दिउँसो १२:४२ बजे उनलाई मृत घोषित गरिएको थियो।
- भोल्कान कोनाक को थिए?
२७ फेब्रुअरी १९६७ मा जन्मिएका भोल्कान कोनाक टर्कीका सबैभन्दा लोकप्रिय गायकहरू मध्ये एक थिए र उनलाई 'उत्तरका छोरा' भनेर पनि चिनिन्थ्यो। आफ्नो करियरमा उनले धेरै उत्कृष्ट गीतहरू गाए जसमध्ये 'सेर्रहपासा' धेरै लोकप्रिय थियो।
सन् २००६ मा रिलिज भएको उनको एल्बम 'मोरा' लाई टर्किस रेकर्डिङ प्रोड्युसर्स एसोसिएसन, एमयू-वाईएपी द्वारा गोल्ड प्लेक प्रदान गरिएको थियो। उनका यादगार एल्बमहरूमा 'इफुलिम', 'मारान्डा', 'मनोल्या' र 'दल्या' पनि समावेश छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन