बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रधानमन्त्रीको असंसदीय भाषा रेकर्डबाट हटाउन राप्रपाको माग

सोमबार, १८ चैत २०८१, १२ : ०७
सोमबार, १८ चैत २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले असंसदीय भाषा रेकर्डबाट हटाउन माग गरेका हुन् । 

प्रतिनिधिसभा नियमावलीको नियम २१ विरुद्ध होच्याउने, असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरे । 

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत फागुन २५ गते एयरपोर्टमा गरिएको स्वागतलाई कथित भनेकोमा आफ्नो आपत्ति रहेको शाहीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप