अमेरिकामा टिकटक किन्ने टन्नै छन् : ट्रम्प

काठमाडौँ । अमेरिकामा चलिरहेको टिकटक विवादका बिच राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा बयान आएको छ। शर्ट भिडियो शेयरिङ एप टिकटक बेच्न चिनियाँ कम्पनी बाइटडान्ससँगको सम्झौतालाई अन्तिम रूप दिइनेछ र यो तोकिएको समयसीमा भन्दा पहिले नै हुने उनले भनेका छन् ।
जनवरीमा ट्रम्पले टिकटकलाई गैर चिनियाँ खरिदकर्ता खोज्न अप्रिल ५ सम्मको समय दिएका थिए । यो समयभित्र टिकटक बेचिएन भने यसले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्नेछ। यो प्रतिबन्ध २०२४ को कानून अन्तर्गत सोही महिनादेखि लागू हुनेछ ।
टिकटक खरिदको सन्दर्भमा ट्रम्पले आफुहरुसँग टिकटक किन्न टन्नै खरीददारहरू भएको बताए । एयर फोर्स वनमा आइतबार राति पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो भनेका हुन् । आफूलाई टिकटकमा धेरै रुचि भएको र यसलाई सधैंभरि अमेरिकामा चलेको हेर्न चाहेको पनि उनले बताए। यद्यपि, अमेरिकाले बाइटडान्ससँग टिकटकको अधिकार भएकोले चिनियाँ सरकारले यो एप मार्फत अमेरिकी नागरिकहरूको डेटा सङ्कलन गर्ने र अमेरिकालाई प्रभाव पार्ने अवसर पाउन सक्ने बताएको छ।
मिडिया रिपोर्टहरूका अनुसार निजी इक्विटी फर्म ब्ल्याकस्टोनले टिकटकको अमेरिकी व्यवसायमा केही लगानी गर्ने विचार गरिरहेको छ । ब्ल्याकस्टोनले टिकटकको अमेरिकी व्यवसायको लागि बाइटडान्सका अन्य गैर चिनियाँ शेयरधारकहरू, जस्तै सुस्केहाना इन्टरनेशनल ग्रुप र जनरल एट्लान्टिकसँग मिलेर बोली लगाउने योजना बनाएको छ।
यद्यपि, टिकटकले ट्रम्पको भनाइमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
-
भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा
-
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा