बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयमा आज स्ववियु निर्वाचन

सोमबार, १८ चैत २०८१, १० : २०
सोमबार, १८ चैत २०८१

सुर्खेत । ६ वर्षपछि हुन लागेको मध्यपश्चिम विश्वविद्यालय (एमयु) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज मतदान चलिरहेको छ । 

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेपनि केही ढिलोगरी मतदान सुरु भएको छ ।

४ हजार ३८३ मतदाता सङ्ख्या रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । 

दुबै प्रणालीबाट निर्वाचित १४ जना सदस्यहरूमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था रहेको छ । त्यसपछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य चयन हुन्छन् । 

लामो समयपछि विद्यार्थीहरू हर्सोल्लासका साथ मतदानमा सरिक भएका छन् । मतदान गर्नेमा प्रदेश सभाका सांसद (विद्यार्थी)हरू रहेका छन् । यस्तै नेताहरू मतदान स्थलमै सहभागी भएर आ–आफ्नो उम्मेदवारका पक्षमा भोट हाल्न मतदातालाई प्रेरित गरिरहेका छन् । निर्वाचनका लागि ९ वटा विद्यार्थी सङ्घ/संगठन दर्ता भएका छन् । 

एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू) बाट जगतजंग शाही, माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष प्रकाश विक, कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदको उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट मिलन बिसी उम्मेदवार छन् भने विप्लव निकट विद्यार्थी संगठनबाट चीनबहादुर सहकारी अध्यक्षका उम्मेदवार छन् । 

 यस्तै विकल्प ओली राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिन रेग्मी, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार अध्यक्षका उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप