बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाखभन्दा बढीको क्षति

सोमबार, १८ चैत २०८१, १० : ०९
सोमबार, १८ चैत २०८१

काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति भएको छ । 

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।

राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । 

 त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान रहेको उनले बताए । 

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । 

काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप