बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो

नेपालगञ्ज । बाँकेका पाँच स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच थालेको गरेको छ । जग्गा नापजाँचको काम कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा भइरहेको सुकुम्बासी समस्या समाधान आयोग, बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।
उनले कोहलपुर– ७, ९ र १३ वडा, बैजनाथ–७, जानकी–५, खजुरा–६ र राप्तीसोनारी–३, ४, ७ वडामा जग्गा नापजाँचको काम भइरहेको बताए । अध्यक्ष खनालले नेपालगञ्जमा आजदेखि नै काम सुरु गरिने उल्लेख गर्दै डुडुवा र नरैनापुर गाउँपालिकामा लगत सङ्कलन कार्य भइरहेको जानकारी दिए ।
“अझै पनि केही स्थानीय तहमा लगत सङ्कलन सकिएको छैन । तर केही स्थानमा नापजाँच सुरु भइसेकेको छ”, उनले भने । अहिलेसम्म जिल्लाभर ५३ हजार ७३० कित्ता जग्गाको लगत सङ्कलन भएको छ । यसअघि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगमा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकामा १२ हजार ५२३, बैजनाथमा १० हजार ११२, नेपालगञ्जमा तीन हजार ४२, नरैनापुरमा दुई हजार ३४५ र जानकीमा दुई हजार ८१० कित्ता नापजाँचका लागि निवेदन परेको थियो ।
आयोगका अध्यक्ष खनालले दलित भूमिहीनतर्फ तीन हजार ६८१ कित्तामध्ये ८३९ कित्ता वास्तविक कित्ता भएको र त्यसलाई वडा कार्यालयबाट प्रमाणीकरण गरेको उल्लेख गर्दै भूमिहीन सुकुम्बासीतर्फका ६ हजार ७९८ कित्ता रहेको बताए । बाँकेमा ४३ हजार २२६ कित्ता जग्गामा अव्यवस्थित बसोबासी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म